मलाईत आफन्तले रुवाएर गए,
विना दोष जहर खुवाएर गए,
सागर तार्छु भनेर आँसुको,
विचैमा मलाई डुवायर गए ।

जव म एक्लो ठान्छु आँफुलाई,
आँफैमा पागल म मान्छु आँफुलाई ,
जव एकान्त अनि सुनसान हँुदै जान्छ,
श्व्दको डोरिले म वान्छु आँफुलाई ।


मैले भरोसा कसैको तोडिसकेँ आज,
थाहै न दिई अन्तै नाता जोडिसकँे आज,
मेरो विश्वास अनि भरोसा कति कति ,
अर्काको वगैचा मैले गोडिसकँे आज ।



न डुब्छु न उत्रिन्छु त्यो पानिमा छु,
न छुट्छु न गहिरिन्छु त्यो वानिमा छु,
मलाई औडाह हुन्छ अचेल,
न सुरु न अन्त्य त्यो कहानिमा छु ।

सुन्छु अचेल पिरमा परेकि छौ रे,
न तल न माथि भिरमा परेकि छौ रे,
प्रेम रोज्छ्यौ कि समाज,
धर्मसंकटको तकदिरमा परेकि छौ रे ।


मुम्बाई, साउन २७ – बलिवुडमा यति बेला आइटम नम्बरहरुले निकै चर्चा बटुलेका छन् । आजभोली हरेक चलचित्रमा एउटा न एउटा आइटम नम्बर राख्न थालेका छन् ।

पहिले स–साना कलाकारहरुले मात्र आइटम नम्बर गर्थे र उनीहरुलाई ‘आइटम गर्ल’ भनेर चिनिन्थे । तर, आजभोली बलिवुडका प्रख्यात कलाकारहरु आइटम नम्बर गर्न तछाडमछाड गर्न थालेका छन् । कट्रिना कैफको ‘शीलाकी जवानी’, ‘चिक्नी चमेली’ जस्ता आइटम गीत हिट भएपछि त झन् ठूला कलाकारहरुले आइटम नम्बर गर्ने होडबाजी नै चलेको छ । यस लिस्टमा करिना कपुर, चित्रांगदा सेनदेखि अमिर खानसम्मले आइटम नम्बर गरेका छन् । 
उनीहरुले अभिनय गरेका आइटम नम्बर हिट पनि भएका छन् र निकै चर्चा कमाएका छन् । पछिल्लो समय ‘इन माई सिटी’ र ‘एक्जोटिक’ नामक गीतको म्युजिक भिडियो निकालेर चर्चा कमाएकी पिगी चप्स् यानी प्रियंका चोपराले पनि पुरानो चलचित्र जन्जिरको रिमेकमा आइटम नम्बर गरेकी छिन् । तर, उनको यो आइटम नम्बरले उनको फ्यानहरुलाई निरास बनाएको छ र यसले अन्य आइटम गीतहरुजस्तै चर्चा कमाउन असफल भएको छ ।
प्रियंकाले यसअघि ‘सुट आउट एट वडाला’ मा ‘बब्ली बद्मास हुई’ मा आइटम नम्बर गरेपछि उत्तेजक नृत्य नगर्ने बताए पनि यस नयाँ गीत ‘पिंकी हे पैसेवालो की’ मा निकै उत्तेजन नृत्य गरेकी छिन् । त्यसको साथै गीतको बोल पनि उत्तिकै सस्तो छ । त्यही भएर होला आइटम गीतका लागि चर्चित गायिका ममता शर्माले गाएकी र गणेश आचार्यले कोरियोग्राफ गरेको यो गीतले युट्युवमा त्यति धमाका मचाउन सकेको छैन 
सिखर चुरोट (लघुकथा)
अम्मलि हर्केलाई चुरोटको यति माया !
हरि दाईको होटलमा खाना खाई नसक्दै वर्षात हुने सुरसार भयो । हतार हतार खाना खाएर बिनादको पसलमा रु २० को ४ खिल्लि सिखर चुरोट किन्यो । आफु भिज्ने पर्वाह गरेन , वरु चुरोट कसरि जोगाउने भन्ने चिन्ता भयो उसलाई । तुरुन्त जुक्ति पनि निस्केछ, सयको नोटले बे¥यो चारवटा चुरोट अनि रु दशका दुई नोटले साइृडवाट ढाक्यो ,बस पानिवाट बच्ने भो चुरोट । पुग्नु धेरै टाढा त होईन तर एकदम बाक्लियो पानि ।दगुर्दै कोठामा पुग्यो । लाईटर ठिक पार्दै चुरोट खोज्न थाल्यो । ला ! चुरोट त अघिनै खसिसकेछ ।सायद अतिवेला त पानिले बगाउँदै मुल भलमा मिसाईसक्यो होला ।

घन्टा जस्तो माया लाँए छोड्दी उस्ले धोका खाँए ठिस भथ्यो जक्सन पाँए जोईन ताने हिपोप गाँए

दिन दिनै जक्सन जान्थे केटा हरुले एक्दम मान्थे मिठा मिठा गफ हान्थे
दुई तिन गन मज्जाले तान्थे

साथिले भन्थे के भयो
त्यो केटी ले छोडी गयो बिरालु को जस्तो हाल भयो छोडेनी के को बाल भयो

भन्थे हरेस न खा साथी बिस्वास गर हामी माथी जाँउला भेट्ना भोलि राती त्यो तला त माथी

त्यो कुरा ले ग्याक भयो
मेरो माया मा र्याक भयो दिमाख मेरो झ्याप भयो मुखा मा रिसले थप्पड छारे कट्टु ताने बुर्कुसी मारे

साथी हो माया न लगाउनु माया मा एक्दम ठिस हुन्छ जिबन मार्ने बिस हुन्छ किना माया दिस हुन्छ
साथी भाई मा रीस हुन्छ

अभागी य अन्जान
चितवन माडी नेपाल

Unordered List

Sample Text

Sample text

Ads 468x60px

Followers

Featured Posts

Social Icons

Popular Posts

Recent Posts

Text Widget