मलाईत आफन्तले रुवाएर गए,
विना दोष जहर खुवाएर गए,
सागर तार्छु भनेर आँसुको,
विचैमा मलाई डुवायर गए ।

जव म एक्लो ठान्छु आँफुलाई,
आँफैमा पागल म मान्छु आँफुलाई ,
जव एकान्त अनि सुनसान हँुदै जान्छ,
श्व्दको डोरिले म वान्छु आँफुलाई ।


मैले भरोसा कसैको तोडिसकेँ आज,
थाहै न दिई अन्तै नाता जोडिसकँे आज,
मेरो विश्वास अनि भरोसा कति कति ,
अर्काको वगैचा मैले गोडिसकँे आज ।



न डुब्छु न उत्रिन्छु त्यो पानिमा छु,
न छुट्छु न गहिरिन्छु त्यो वानिमा छु,
मलाई औडाह हुन्छ अचेल,
न सुरु न अन्त्य त्यो कहानिमा छु ।

सुन्छु अचेल पिरमा परेकि छौ रे,
न तल न माथि भिरमा परेकि छौ रे,
प्रेम रोज्छ्यौ कि समाज,
धर्मसंकटको तकदिरमा परेकि छौ रे ।

Unordered List

Sample Text

Sample text

Ads 468x60px

Followers

Featured Posts

Social Icons

Popular Posts

Recent Posts

Text Widget